Sunday, August 30, 2020

स्वास्थ्यकर्मी (मुक्तक)

 









स्वास्थ्यकर्मी (मुक्तक)

युद्ध लड्न हिँडेको सिपाई जस्तो भइयो,
परिवारबाट हेला पाउनेलाई पनि अगालियो ।
ज्यानको प्रवाह नगरी निरन्तर लागि परियो ,
सत्रु नै भएपनि माया ममता र उपचार गरियो ।।


 बदलामा

रोग फैलायौ हामीले भन्ने हल्ला सुनियो,
वरिपरिका आएर घर घेराउ र बन्द गरियो ।
कुटपिट गाली र धम्की पनि धेरै सहियो,
हिजाेआज त घरबाट निकाला भइयो ।।

तर        

खै यो समाज कहिले सम्म यस्तो हो ?
खै यो दूर्व्यवहार कहिले सम्म सहन पर्ने हो ??
आखिर कहिले ? आखिर कहिले ??

(जुना गुरागाइ मानवअंग प्रत्याराेपण केन्द्र, भक्तपुरमा  स्टाफनर्स पदमा कार्यरत हुनुहुन्छ ।)

No comments:

Post a Comment