जिवनको सपना लिएर हिडेकी म।
नर्स बन्नुको महत्व मलाई मात्र थाहा छ।
जब कुनै मनिस मसगॅ आएर तिमीलाई के पो थाहा छ र;
तिम्रो काम BP check ,औषधी दिने डक्टरको पछाडि हिड्ने मात्र त हो नि।
त्यस्ता शब्द सुन्दा मेरो मनमा कति धेरै कुरा खेल्छन ।
म
संम्झिन्छु ति दिनहरु जो बेला रात दिन मिहीनेत गरेर पढेको anatomy
physiology biochemistry microbiology अनि अन्य नर्सिङ बिषयको ज्ञानबाट म
फेरी उही बिरामीको सेबा गर्न पुग्छु।
मलाई थाहा छ बिरामीको सेवा नै मेरो धर्म हो।
जब कुनै बिरामी अस्पतालबाट निको भएर जानु हुन्छ।
मलाई धेरै खुशी लाग्छ।
नर्सिङ पेशा मानब शरिरमा काम गर्ने भएकाले मबाट जानाजान गल्ती हुनु हुदैन।
तर गल्तीनै नभइ कुनै अनलाइन मिडीयाहरु नर्सले घाटी थिचेर बिरामीको मृत्यु भएको भन्ने समाचार आइरहदा
म र मजस्ता कलिलो १५, १६ बर्षको उमेरमा ९, ९ घन्टा उभिएर डिउटी गरेर सुन्निएका खुट्टा ! अनि नर्सिङ पढेर अनबरत रुपमा दिनरात नभनी बिरामीको सेवा गर्ने नर्सको औचित्य नै रहेन।
हो म नर्स भएर घमन्ड गर्न कथापि खोजेको होइन।
तर ब्यक्ति, समुदाय, राष्टबाट नर्स र नर्सिङ पेशा तर्फ सकारात्मक दृष्टिकोण देखिनु पर्ने होईन र?
No comments:
Post a Comment