Monday, May 4, 2020

काेराेनामा लापर्वाही : सरकार र नागरिक दुबै उस्तै

काेराेनामा लापर्वाही : सरकार र नागरिक दुबै उस्तै

- रेनु सिंह ठकुरी
बि.एम.एस. दाेश्राे बर्ष
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान


चीनकाे वुहान सहर बाट उत्पत्ति भएको कोरोना नामक भाइरस अहिले विश्व लाई रुवाईरहेको छ । याे लेख प्रकाशन हुने मिति  सम्म २१३ वटा देश सङ्क्रमित देखिएता पनि अमेरिका र युरोपेली देशहरु बढी प्रभावित बनेका छन्  । नेपालमा पहिलो पटक १३ जनवरी २०२० मा देखिएको काेराेना भाइरस २०७७ बैशाख २१ गते सम्म अाइपुग्दा ७५ जनामा व्यक्तीमा संक्रमण देखियाे । संक्रमित मध्ये १६ जना निको भएर घर फर्किन सफल भएका छन् । श्राेतसाधनले अब्बल देशकाे तुलनामा कमजाेर देश नेपालमा यसरी संक्रमती व्यक्ति उपचार पश्चात निकाे भइ घर फर्कन सक्नु सम्पुर्ण नेपालीका लागि खुसी को कुरा पनि हो ।

यति ठूलो महामारीको बेला सरकार सञ्चालक नै कुर्सी तानातानकाे खेलमा फसिरहेकाे देख्दा कता कता नेपाली उखान को याद आउँछ "अरु लाई अरु धन्दा अनि घर ज्वाइँ लाई खाना को धन्दा " ।
संसार कोरोना सँग लडिरहेको बेला हाम्रो देश भने सत्ताकाे लुछाचुडीकाे खेलमा लडिरहेको छ भने  जनताहरु  समेत अनुशासित तवरले लकडाउनको पालना गरेका छैनन् । सरकारले त्यती ढिलाे नगरी लकडाउनकाे घाेषणा गरेता पनि वायुमार्गबाट साे भन्दा अगावै नै नेपालमा काेराेना प्रभावित विरामीहरू अाइ सक्नु र  लकडाउन घाेषणा पश्चात समेत खुल्ला सिमाकाे फाइदा उठाउदै छिमेकी देशबाट ठुलाे संख्यामा मानिसहरू भित्रिनुले  काठमाडौं, नेपालगञ्ज, धनगढी, सुर्खेत,  उदयपुर लगायत तराइका पूर्वी तथा पश्चिमी जिल्लाहरू अती जाेखिममा र जाेखिम सहित गाउँ फर्किएका व्यक्तिको कारण गाउँ समेत  उच्च जोखिम मा परेको छ ।

पास दिदा र प्राप्त सरकारी पासकाे समेत व्यापक दुरूपयाेग भएकाे पाइएकाे छ । पास अावश्यकता भएता पनी लकडाउनकाे चाही उलङ्घन भएको छ । लकडाउनको बेलामा समस्या परेकाहरुलाई यथास्थानमा राखी समस्याको समाधान गर्नुको सट्टा उल्टै दशैं तिहारको समयमा जस्तै मान्छेको ओसार पसार गर्नतिर स्थानिय सरकार र संस्थाहरू लागेका छन् । पंहुच भएकाहरूलाइ स्थानिय सरकार र विभिन्न संस्थाहरूले गाडीकाे लस्कर नै पठाएर अावश्यक स्थानमा पुर्याएका छन् भने अन्य पहुँच बिहिनहरू पैदलै धेरै दिनकाे यात्रा तय गरेकाे समाचारहरूमा पढ्न पाइन्छ ।   यसरी स्थानिय सरकार र जनताहरुबाट लकडाउनकाे उल्लंघन हुँदा काेराेना संक्रमणकाे त्रास गाउँघरतिर समेत हुन पुगेकाे छ । सरकारले जाेखिमकाे अाधारमा क्षेत्र बर्गिकरण गर्ने र साेही बमाेजिम अन्य रणनिति लागु गर्ने भनि रहेकाे छ । तर साे भन्दा अगावै नै चेक जाँच कार्यमा तिव्रता हाेस् ।   

विश्व स्वास्थ्य संगठनकाे मान्यता प्राप्त नगरेका आर. डी. टी. किटबाट गरिने परीक्षणकाे परिणाममा समेत व्यापक शंका गर्ने अवस्था रहेकाे छ । छिमेकी देश भारतकाे केही प्रान्तमा समेत याे पध्दतीलाइ खारेज गरिएकाे छ भने नेपालमा समेत विभिन्न राजनैतिक दलहरूले समेत याे पध्दती बाट परिक्षण नगर्न सरकारसंग माग गरिरहेका छन् ।  त्यसैले बढी भरपर्दाे पी. सी.आर. विधि बाट छिटो भन्दा छिटो सबै प्रदेशबाट काेराेना भाइरसकाे जाँच सर्वशुलभ र भरपर्दाे तरिकाले सुरु गर्न अत्यावश्यक देखिन्छ । सरकारबाट प्रभावकारी नीति लागुगर्न ढिलासुस्ती र नागरिकस्तरबाट यस्तै तरिकाकाे लापरवाही हुने हाे भने नेपाल पनि युरोपेली राष्ट्र जस्तै काेराेना भाइरसकाे हब नबन्ला भन्न सकिने अवस्था रहदैन । लकडाउनको मर्म lock inside and keep inside भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि बिहान बेलुकाको अनावश्यक भीड अनि दिउँसो को गोलोघेरा गरेर बसेको समूह देख्दा यो मन छटत्पटीएर आउँछ ।  

यदि  सरकारले जाँच तिब्र गतिमा बढाउन सक्दैन र नागरिक पनी अनुशासित नहुने हाे भने लकडाउनकाे अवधि मात्र थप्दैमा केही फाइदा हुने वाला छैन । कोरोना भाइरसको जोखिम हरेक गाउँ गाउँ मा बढिसकेको छ ।  लकडाउनको कारण व्यक्ति, समाज र राष्ट्रको क्षति एकातिर छदै छ भने अर्को तिर दक्षिण एशियामा कोरोना संक्रमण द्रुत गतीमा बढ्दो छ ।  हाम्रो जस्तो अल्प विकसित देशले शक्ती सम्पन्न राष्ट्रहरू अमेरिका तथा युरोपेली देशहरुमा जस्तै सङ्क्रमित देखिएको अवस्थामा स्तरिय उपचार गर्न कठिन हुने कुरामा त हामी सबैलाइ पुर्व जानकारी नै छ । कोरोना नामक भाइरसले खासगरी संक्रमित व्यक्तीकाे श्वास प्रश्वासमा समस्या श्रृजना गर्ने र साे काे उपचारकाे लागी अावश्यक मेडिकलजन्य सामंग्रीहरू जस्तै भेन्टिलेटर अादीकाे यथेस्ठरूपमा अावश्यकता पर्ने, तर विकसित देशहरूमा समेत अभाव रहेकाे र व्यवस्थापन गर्न हम्मे हम्मे परिरहेकाे अवस्थामा नेपालले अाैषधी र मेडिकलजन्य सामंग्रीहरूकाे सहज अापुर्ती तथा व्यवस्थापन गर्न सक्ने कुरामा ठुलाे चुनाैती देखिएकाे छ । 
एक व्यक्तीबाट देखीएकाे काेराेना नेपालमा पनी दाेश्राे चरणमा रहेकाे छ । र, कतै याे तेश्राे चरणमा पनी पुगि सकेकाे अाशंका गर्न सकिने यथेश्ट अाधारहरू भेटिन थालेका छन् । एकै दिनमा १६  जना सङ्क्रमित नेपालगञ्ज मा भेटिँदा भने जनता हरुको मुटुको गति बढेको छ ।  स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु दिनरात नभनी खटीरहेको बेला कुनै कुनै स्थानका जनताहरु भने विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमहरू संचालन गर्ने  वा सहभागी हुने तथा पिकनिक र भाेजभतेर गर्ने गरेकाे विभिन्न मिडियाबाट हामी सबैले जानकारी पाएकै छाैं । एक जनाकाे लापर्वाहीले गर्दा पुरै समाज नै सङ्क्रमित हुनु पर्ने अवस्था आउँछ ।  

त्यसैले काेराेना भाइरस नलाग्न र भाइरसकाे Transmission Chain ताेड्न निम्न कुराहरूमा ध्यान दिन अावश्यक देखिन्छ ः
  • खोक्दा हाछ्युँ गर्दा कुईनोले मुख छोप्ने,
  • केही कुरा को संपर्क मा आउँदा,  दिसा पिसाब गरिसकेपछि तथा खाना खानु भन्दा अगाडि साबुन पानीले  हात मिची मिची  राम्ररी धुने,
  • कम्तीमा पनि ३ फिट सामाजिक दूरी कायम गर्ने,
  • भिडभाड मा नजाने,
  • काचो खाने कुरा राम्ररी पखालेर खाने,
  • मासुजन्य खाने कुरा राम्ररी पकाएर मात्र खाने,
  • एउटै रुमाल प्रयोग नगर्ने,
  • फेश माक्सको प्रयोग गर्ने,
  • अँगालो नमार्ने तथा चुम्बन नगर्ने,
  • नमस्कार गर्ने, हात नमिलाउने,
  • सरसफाई सम्बन्धी ध्यान दिने,
  • पोषणयुक्त खानेकुराहरू खाने, रोगसँग लड्ने क्षमताको विकास गराउने,
  • विदेशबाट अथवा घरबाहिरबाट आएको ब्यक्तिको नजिक नजाने,
  • आफूलाई पनि कोरोना लक्षणहरु जस्तैः खोकी लागेमा , स्वास फेर्न गाह्रो भएमा, १००.४ डिग्री भन्दा बढी ज्वरो आएमा , राति पसिना छुटेमा र थकान महसुस भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्कर्मीको सल्लाह अनुसार जाने ।
हामी नेपालीहरुले लकडाउनको  पालना गर्याै र अरूलाई पनी गर्न लगायौ भने कयौं मानिसहरुको ज्यान जोखिम हुनबाट बच्नेछ । सरकारले कछुवाको गतिमा चेक जाँच गर्ने हो भने नेपालमा रोग, भोक अनि शोक परेको देख्न नसकिएला पनि भन्न सकिँदैन । त्यसैले सरकारबाट गर्न सक्ने व्यवस्था छिटो भन्दा छिटो होस् , सङ्क्रमित सँग सम्पर्कमा आएका व्यक्तिको चाडो जाँच होस् । लकडाउनमा  कडाइ होस्, अनि राेग र भोक ले कोही जनता हरू मर्न नपरोस् । जय हाेस् ।

6 comments: