नर्स
🖊 बिष्णु पाठक खड्का
( BNS,NAIHS-CON)
धापाखेल, ललितपुर
( BNS,NAIHS-CON)
धापाखेल, ललितपुर
सोचाइको पक्षघात भएका विद्वान भनाउदा संग पश्न सोध्न मन लाग्यो
विश्व कोरानाको महामारीको चपेटामा छटपटाइरहेको वेला
आफन्ता आफन्ता बिचको भौतिक दुरिमा बसिरहेको घडिमा
यो महामारी संग लड्न अग्रपंतिमा रहि
टुटिसकेको हिम्मत अनि हराइसकेकोआशलाइ जगाइदीने कोही छ भने हो त्यो नर्स हो
२४ घण्टा न रात निन्द्रा न भोक केही नभनी
एउटा सिपाही सरह युद्ध भूमिमा सेतो वस्त्रमा सजिएको
निश्वार्थी सेवा दयाकी खानि हो त्यो नर्स हो
विश्व समुदायले सम्मान र प्रोत्साहन गरिरहेको बेला
कठै मेरो देशका अस्पतालले बेतलबी बिदामा बस्न भनि दवाव दिंदा
धिक्कार लाग्छ मलाइ ती Paralysed By Analysis व्यक्तित्व देखेर
व्यापार नै गर्नुछ भने अरु क्षत्र अरु विधामा गरी खाऊ
अस्पतालको नाउमा विक विकृति र बदनाम नकमाउ
नर्स कुनै ज्यालादारीमा काम गर्ने सिपविहीन व्यक्ति होइन
काम हुंदा तलव नहुंदा वेतलवमा निश्काशन गर्ने
भन वरु प्रष्ट भन सक्दैनौ सेवा दिन जनतालाइ
दिल खोलेर पारिश्रमिक नलिइसेवा गर्छौ हामी
दोश्रो विश्वयुद्धमा पनि फ्लोरेन्स नाइटिङ्गेलले गरेको काम एकपटक इतिहासमा हेर
हो उनिपनि नर्स नै थिइन्
आत्मबल बढाइ हौंसला दिनुपर्ने समयमा
अन्तराष्ट्रिय ISO मान्यता प्राप्त अस्पतालले
यस्तो कदम चाल्नु वास्तवमै लाजमर्दो अनि
एकदमै निच सोचाइ अमानविय व्यवहार मानिन्छ
हे आंखा कानमा पट्टि बाधेर बसेकाहरु पट्टि खोलेर हेर
मनको ज्ञान बन्द भएका महाशयहरु मनको दियो बालेर हेर
नर्स कुनै चानचुने तुच्छ र निम्न स्तरको पेशा होइन
नर्स त्यो हो
जन्म दिने आमाले भन्दा पहिले मातृत्वको न्यानो अङ्गालो दिने
नवजात शिशुको पहिलो आमा हो
जिवनको पहिलो आवाज अनि अन्तिम श्वाश सुनी विरामीको आफन्तलाइ
साहस र सान्त्वना दिने महान देवी हो
डाक्टर अस्पताल अनि संस्थापक जुन ठाऊमा छन्
जसरी मान सम्मानमा रमाएर छाती फुकाएर हिडेका छन्
त्यसको मेरुदण्ड कठै तिमीले देख्न सकेनऊ
हो त्यो मेरुदण्ड नर्स हो केवल नर्स हो