Welcome

A welcome message is a great chance to tell your user a couple of things about who you are, what you do and why your user is going to be better off with you. Some businesses, like InVision, set up a whole onboarding flow demonstrating various options and possibilities. Upon sign-up, InVision offers as many as four welcome videos to showcase the platform features.

Sunday, April 19, 2020

विद्यालय स्वास्थ्य सेवा किन आवश्यक छ ?

विद्यालय स्वास्थ्य सेवा किन आवश्यक छ ? 

- तारा गैर, नर्सिंग प्राध्यापक 
विद्यालय समुदायका त्यस्तो भरपर्दाे र सङ्कठित निकाय हो जहाँ समुदायका विभिन्न पृष्ठभूमिका बालबालिकाहरू एकत्रित भएका हुन्छन् । तिनीहरू मध्ये हरेक बालक व्यक्तिगत रूपमा विविध दृष्टिकोणले फरक हुन्छन् । तिनीहरूका समस्याहरू पनि फरक फरक हुन्छन् । तसर्थ शैक्षिक उद्देश्य प्राप्त गर्ने क्रममा उनीहरूमा भएका विविध स्वास्थ्य समस्याका कारणले कुनै बाधा अड्चन आउनु हुँदैन । सो समस्या नहोस् र भविष्यमा समेत आउन सक्ने स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न विद्यालयले सञ्चालन गर्ने स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत महत्वपूर्ण क्षेत्रको रूपमा विद्यालय स्वास्थ्य सेवालाई लिन सकिन्छ । विद्यालयमा बालबालिकाको स्वास्थ्य स्थितिको मूल्याङ्कन गर्ने, स्वास्थ्य समस्याहरू पहिचान गर्ने, छात्रछात्रामा देखा परेका दोष तथा रोगहरूबाट अभिभावकलाई परिचित गराउने, रोग रोकथामका उपायहरू अपनाउने, आवश्यक सल्लाह र सुझाउ दिने आदि जस्ता सेवामूलक कार्यक्रम गरिन्छ । किनकि नत रोगी विद्यार्थीले सिक्न सक्छ, न त रोगी शिक्षकले सिकाउन सक्छ । तसर्थ विद्यार्थी तथा विद्यालय परिवारका सदस्यहरूको स्वास्थ्य समस्या समयमै निराकरण होस् र कुनै नयाँ स्वास्थ्य समस्या नहोस् भन्ने मनसायले विद्यालय स्वास्थ्य सेवा प्रदान गरिन्छ । विद्यालयमा अध्ययनरत कतिपय विद्यार्थीहरूमा विद्यालय भर्ना हुनु भन्दा अगाडि नै विभिन्न स्वास्थ्य समस्याहरू हुन सक्छन् भने कतिपयमा विद्यालयकै कारणले पनि समस्या आउन सक्छ । जसको कारणले विद्यार्थीहरू बिरामी भई विद्यालय नआउने देखि लिएर विभिन्न रोगको सिकार भई उसको पढाइ समेत विग्रन सक्छ र उसको भविष्यसमेत धरासायी बन्न सक्छ ।

विद्यालय स्वास्थ्य सेवा अन्तर्गत लेखाजोखा पक्ष भन्नाले बालबालिका तथा विद्यालय परिवारका सदस्यहरूको स्वास्थ्य परीक्षण र मूल्याङ्कन गरी उनीहरूको स्वास्थ्य स्तर निर्धारण गर्नु भन्ने बुझिन्छ सी।एल। एन्डरसनको शब्दमा “व्यक्तिको वर्तमान स्वास्थ्य अवस्थाको मूल्याङ्कन तथा परीक्षण गरी स्वास्थ्यको स्थिति पत्ता लगाउनुलाई स्वास्थ्य लेखाजोखा भनिन्छ।स्वास्थ्यको लेखाजोखाले सकारात्मक प्रक्रियालाई बोध गराउँछ जस अन्तर्गत व्यक्तिका स्वास्थ्य सम्पदालाई मुख्य प्राथमिकता दिनाका साथै प्रभावपूर्ण तथा आनन्दमय जीवनमा अवरोध र व्यवधान उत्पन्न गर्ने विकृति एवम् अभावलाई मात्रात्मक रूपमा मूल्याङ्कन गरिन्छ । स्वास्थ्य लेखाजोखा व्यक्तिको स्थिर स्वास्थ्य अवस्थाको दाखिला मात्र नभई यो त स्वास्थ्य उपलब्धि तथा स्वास्थ्यको आधारभूत मूल्यसँगको सम्बन्धको साथै व्यक्तिको जीवनको आवश्यकतासँगको समायोजन पनि हो    स्वास्थ्य सेवाको लेखाजोखा पक्ष निरन्तर प्रक्रिया हो । तर, यो आफैमा साध्य होइन यो त विद्यार्थीहरूको असल स्वास्थ्यमा पुग्न मार्गदर्शन गर्ने साधन हो । यसले विद्यार्थीका दोषहरू तथा विचलनहरूको लेखाजोखा गर्दछ र यसले उनीहरूको स्वास्थ्य स्थिति सन्तोषजनक छ भनि निश्चित गराउँछ वा खतरापूर्ण छ भनी चेतावनी दिन्छ । यसले विद्यार्थीको स्वास्थ्य अवस्था कहाँ छ भन्ने कुराको स्पष्ट चित्र प्रदान गर्दछ । यसले स्वस्थे बालबालिकानिर्माणमा महŒवपूर्ण योगदान पु¥याउँछ ।

स्वास्थ्य सेवाको लेखाजोखा पक्षमा स्वास्थ्य अवलोकन ,छनोट परीक्षण ,स्वास्थ्य परीक्षण , स्वास्थ्य अभिलेख क्रियाकलापहरू समावेश गरी कार्यक्रम सञ्चालन गरिन्छ ।विद्यालयमा अध्ययनरत बालबालिका तथा कार्यरत शिक्षक र कर्मचारीहरूलाई रोग लाग्नबाट सुरक्षित राख्न वा रोग लाग्न नै नदिनका लागि र सम्भावित दुर्घटनाहरूबाट बचाउन अपनाइने उपायहरूलाई विद्यालय स्वास्थ्य सेवाको सुरक्षात्मक पक्ष भनेर भनिन्छ । विद्यालय विभिन्न समुदायका बालबालिकाहरू जमघट हुने सङ्गम स्थल हो । यहाँ पढ्न आउने विद्यार्थीहरूमा समुदाय, भौगोलिक क्षेत्र, धर्म, जाति र संस्कृति लगायतका विविधता हुन्छन् । फलतः तिनीहरूबिचको अन्तर्सम्बन्ध र अन्तक्र्रियाले सकारात्मक, नकारात्मक असरहरू देखिन सक्छन् । यी विविध कारणका साथै स्वभावैले बालबालिकाहरू चन्चल हुने भएकोले स्वास्थ्य तथा रोगजन्य समस्याबाट ग्रसित हुने र दुर्घटना, चोटपटकमा पर्न सक्ने हुन्छन् ।

विद्यालय परिवारका सदस्यहरूलाई ती स्वास्थ्य तथा रोगजन्य समस्याहरू, चोटपटक तथा दुर्घटनाबाट बचाउन वा सुरक्षा प्रदान गर्ने, उनीहरूको स्वास्थ्य स्थितिमा नकारात्मक असर पर्नबाट बचाउन, साथै उपचार तथा व्यवस्थापनमा हुने साधन, स्रोत तथा समयको खर्च बचत गर्नका लागि र बालबालिकाहरूमा पर्न जाने सबै स्वास्थ्य सम्बन्धी खतराहरू हटाउनसुरक्षात्मक सेवा प्रदान गर्नु पर्दछ । स्वस्थपूर्ण विद्यालय वातावरणको सृजनामा सुरक्षात्मक सेवा कार्यक्रमको सङ्कठन तथा सञ्चालन अपरिहार्य हुन्छ । विद्यालय स्वास्थ्य सेवाको सुरक्षात्मक पक्ष “रोगको उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो” भन्ने सिद्धान्तमा आधारित हुन्छ । विद्यालयमा प्रदान गरिने प्रतिकारात्मक स्वास्थ्य सेवा त्यस किसिमको स्वास्थ्य सेवा हो जस अन्तर्गत विद्यालयका विद्यार्थी, शिक्षक वा कर्मचारीहरूमा रोगै लाग्न नपाओस् वा रोग लाग्ने स्थिति नै उत्पन्न नहोस् र रोग भए तापनि उक्त रोग एक अर्कामा सरेर महामारीको रूप नलियोस् र विद्यालय भित्र वा बाहिर सम्भावित दुर्घटनाहरू न्यूनीकरण गर्न र बचाउन वा दुर्घटनाबाट ज्यान जोगाउन र क्षतिलाई न्यून गर्न सकियोस् भन्ने हेतुले सञ्चालन गरिने विभिन्न सेवा वा क्रियाकलापहरूको योग हो ।

विद्यालय स्वास्थ्य सेवाको प्रतिकारात्मक पक्षलाई दुई क्षेत्रमा समेट्न सकिन्छ। सरुवा रोगहरूको रोकथाम, नियन्त्रण सुरक्षा र आपतकालीन सेवा तथा प्राथमिक उपचार ।विद्यालयका बालबालिकाहरूको स्वास्थ्य लेखाजोखा गरिनाको मुख्य उद्देश्य उपचारात्मक सेवा प्रदान गर्नु पर्छ कि पर्दैन भनेर निक्र्याैल गर्नु हो । अथवा स्वास्थ्यको लेखाजोखा गरी विद्यार्थीलाई उपचारात्मक सेवा प्रदान गर्नु हो । बालबालिकाहरूमा भएका स्वास्थ्य समस्याहरू पत्ता लगाएर मात्र हुँदैन समाधान पनि गर्नु पर्छ । रोग लागिसकेपछि त्यसलाई निको पार्नका लागि प्रदान गरिने सेवालाई उपचारात्मक सेवा भनिन्छ । विद्यालय स्वास्थ्य सेवा अन्तर्गतको उपचारात्मक सेवाले स्वास्थ्य लेखाजोखाका आधारमा देखापरेका स्वास्थ्य समस्याहरू निदानका लागि विद्यालयले गर्ने विभिन्न प्रयासहरूलाई जनाउँछ ।

विद्यालय स्वास्थ्य सेवाका विभिन्न पक्षहरू मध्ये उपचारात्मक पक्षलाई वेवास्था गरिएको पक्ष मानिन्छ। उपचारात्मक सेवा प्रदान गर्ने कार्य चिकित्सक वा नर्सहरूले मात्र गर्दछन् । वास्तविक अर्थमा भन्ने हो भने उपचारात्मक सेवा सम्पूर्ण विद्यालय स्वास्थ्य कार्यक्रमको सूचाङ्ग पनि हो । यो सेवा सधैँभरि विद्यालय स्वास्थ्य कार्यक्रमको दर्शन अनुसार सञ्चालन हुन्छ । विद्यालय स्वास्थ्य कार्यक्रमको दर्शनले सामान्य बच्चा लाई आधार मानेर स्वास्थ्य सेवा सञ्चालन गर्नु पर्छ भने पनि असाधारण वा विशेष बालकलाई पनि पन्छाउन मिल्दैन । उपचारात्मक सेवा प्रत्येक बालकको सधैँ स्वास्थ्य आवश्यकता पूरा गर्ने र सम्भव भएसम्म अधिकतम स्वास्थ्य उपलब्धि हासिल गर्ने वा आधारभूत रूपमा माथि उठाउन केन्द्रित रहन्छ।े विद्यालय स्वास्थ्य सेवाको उपचारात्मक पक्षले बालबालिकाहरूको स्वास्थ्यमा चासो राख्छ जोसँग दोष र असन्तुलित वा असाधारण प्रकृतिका छन् ।त्यसैलयो सेवा मार्फत शारीरिक तथा मानसिक दोष र असन्तुलन भएका समस्यामूलक विद्यार्थीहरूलाई सामान्य विद्यार्थीसँगै राखेर शैक्षिक तथा अन्य क्रियाकलापहरूमा संलग्न गराउने प्रयास गरिन्छ । विद्यालयमा अध्ययनरत बालबालिका तथा कार्यरत शिक्षक र कर्मचारीहरूलाइे स्वास्थ्य समस्यालाई ध्यानमा राखेर सोको सुधार वा रोकथामका लागि विद्यालय वातावरणमा समग्र प्रशासन र कक्षा कोठामा शिक्षक–शिक्षिकाद्वारा उनीहरूलाई सामान्य विद्यार्थीहरूसँगै समायोजन गराउने प्रयास गरिन्छ र सामान्य विद्यार्थीसँग समायोजन हुन नसक्ने वा सुधार संभव नभएका बालकहरूलाई सम्बन्धित सेवाका लागि विशिष्टीकरण सेवा प्रदान गर्ने संस्थाहरूमा प्रेषण गर्नु पर्छ ।

यस अर्थमा उपचारात्मक सेवा भनेको प्रत्यक्ष रूपमा औषधी उपचार र चिकित्सा सेवा प्रदान गर्नु भनेको होइन जस्तो गरिब देशमा सामान्य घाउ, चोटपटकको प्राथमिक उपचारको व्यवस्था नभएको अवस्थामा विद्यालयमै उपचारको व्यवस्था गर्नु त्यति व्यावहारिक र उपयोगी हुँदैन ।स्वास्थ्यको दृष्टिकोणले समस्यामूलक विद्यार्थीहरूलाई उनीहरूको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विद्यार्थीहरू, अभिभावकलाई विद्यालयका तर्फबाट प्रदान गरिने निर्देशन र परामर्श तथा सो समस्या समाधानका लागि विशिष्टीकरण सेवा उपलब्ध हुने संस्थाहरूमा प्रेषण गर्ने उनीहरूलाई दिएको निर्देशन र परामर्श अनुसार तथा प्रेषण गरिएका बालबालिकाहरूले सम्बन्धित सेवा प्राप्त गरे नगरेको थाहा पाउन र सो अनुसार अवलम्बन नगरेको अवस्थामा पुनः आवश्यक पहल गर्न अनुगमन सेवा प्रदान गर्न तथा विद्यालयमा आउने असामान्य बालबालिकाहरूका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने आदि कुराहरू पर्दछन् । उपचारात्मक पक्षअन्तर्गत निम्न लिखित सेवाहरू प्रदान गरिन्छ ।
(क)    स्वास्थ्य निर्देशन र परामर्श
(ख)    प्रेषण सेवाहरू
(ग)    अनुगमन सेवा
(घ)    सुधारात्मक कार्यपछि पुनस्र्थापना
(ङ)    असामान्य बालबालिकाहरूका लागि परिमार्जित कार्यक्रमहरू

उपचारात्मक पक्ष का निम्न लिखित उद्देश्यहरू छन् :
१. सुधारात्मक उपाय लाई बढावा दिनु,
२. सुधारात्मक कार्यको पूर्व प्रदर्शन गर्नु,
३.  गैर सुधारयोग्य त्रुटिहरूको अनुकूलन गर्नमा सहयोग पुर्यारउनु,
४.  सुधार कार्य पछि पुनर्वास गर्नु,
५.  उचित विकास र समस्या समाधानका लागि विद्यार्थीहरूलाई मार्गदर्शन र सल्लाह दिनु ।

मुख्यतयाः  असामान्य बालबालिकाहरूको स्याहार तथा शिक्षामा संलग्न कर्मचारीहरू भन्नाले शिक्षक शिक्षिकाहरूलाई नै बुझिन्छ । त्यसैले शिक्षक–शिक्षिकाहरूलाई असामान्य बालबालिकाहरूसँग कसरी व्यवहार गर्नु पर्छ भनी प्रशिक्षित गर्नु पर्दछ । प्रशिक्षित शिक्षक तथा शिक्षिकाहरुले असामान्य बालबालिकाहरूको पहिचान गर्ने र उनीहरूप्रति आवश्यक व्यवहार गर्ने सक्षम हुनु पर्छ । त्यसैगरी विद्यालय चिकित्सक, परिचारिकाहरू, स्वास्थ्य सहायकहरू, नेत्रविशेषज्ञहरू, मनोचिकित्सक,हड्डी विशेषज्ञहरू बोली सुधार विशेषज्ञहरू,श्रवण विशेषज्ञहरू आदिसँग कसरी हटाउन सकिन्छ भनी छलफल गर्नु पर्दछ । विशेषज्ञ वा सम्बन्धित क्षेत्रका व्यक्तिहरूको सल्लाह तथा सुझाउ अनुसार असामान्य बालबालिकाहरूका लागि कार्य तथा सुविधाहरूको योजना गर्ने र आवश्यकता अनुसार सम्बन्धित ठाउँमा सिफारिस वा प्रेषण गर्न पनि गर्नु पर्छ ।

विद्यालयसँग बालबालिकाहरूका दोषहरू सुधार गर्ने वैधानिक जिम्मेवारी हुँदैन ।जे भए पनि विद्यालयका कर्मचारीहरू प्रत्येक बालकहरूका उपचारात्मक दोषहरू पहिचान गर्ने र आवश्यक औषधि उपचार प्रदान गर्न प्रत्येक कारणहरू पहिचान गर्ने व्यावसायिक कार्य गर्न सक्षम हुन्छन् । यसरी समग्र पहिचान भएका बालबालिकाहरूलाई सुधारात्मक कार्यक्रमको व्यवस्था गर्नु विद्यालयको प्रमुख जिम्मेवारी हुन्छ । विद्यालयले असामान्य बालबालिकाहरूको स्याहार गर्दा उनीहरूलाई शिक्षा प्रदान गर्ने अगाडि उल्लिखित चारवटा पक्षमा ध्यान दिनु पर्छ । त्यसबाहेक निम्न लिखित पाँचवटा पक्षमा समेत विद्यालयले ध्यान दिनु पर्छ । विद्यालयले विद्यार्थीहरूमा देखा परेका दोषहरूका सुधारका लागि कार्यक्रम बनाउने , स्वास्थ्य दोषहरू सुधारका लागि कार्य गर्नु पर्छ , सुधार गर्न नसकिने दोष भएमा विद्यालयको कार्यक्रममा समायोजनका लागि सहयोग गर्नु पर्छ , स्वास्थ्य लाभ पछि विद्यालयमा पुनस्र्थापनाका लागि सहयोग गर्नु पर्छ, विशेष किसिमका बालबालिकाहरूका निम्ति विशेष कार्यक्रम सञ्चालन गर्नु पर्छ । यी सबै दोषहरू हटाउन र भविष्यमा जटिल स्वास्थ्य समस्या नपरोस् भनि विद्यालयमा स्वास्थ्य सेवा अति जरुरी हुन्छ ।


( लेखक नविन स्वास्थ्य बिज्ञान कलेज, काठमाडाैकाे नर्सिंग प्राध्यापक हुन्। )

0 comments:

Post a Comment