Friday, May 15, 2020

पुनर्याेगकाे नतिजा प्रकाशन ।

मिति २०७६।११।२४ गते भएकाे नेपाल नर्सिड. परिषद्काे २४अाैं नाम दर्ता प्रमाणपत्र परिक्षामा सम्मिलित भइ नतिजामा चित्त नबुझी पुनर्याेगकाे लागी निवेदन दिनेहरूकाे सन्दर्भमा निजहरूकाे  परिक्षाफल नतिजाकाे सन्दर्भमा कुनै फरक नपरेकाे व्यहाेरा नेपाल नर्सिड. काउन्सिलले २०७७।०२।०१ गते सुचनाबाट जारी गरेकाे छ ।

Monday, May 4, 2020

काेराेनामा लापर्वाही : सरकार र नागरिक दुबै उस्तै

काेराेनामा लापर्वाही : सरकार र नागरिक दुबै उस्तै

- रेनु सिंह ठकुरी
बि.एम.एस. दाेश्राे बर्ष
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान


चीनकाे वुहान सहर बाट उत्पत्ति भएको कोरोना नामक भाइरस अहिले विश्व लाई रुवाईरहेको छ । याे लेख प्रकाशन हुने मिति  सम्म २१३ वटा देश सङ्क्रमित देखिएता पनि अमेरिका र युरोपेली देशहरु बढी प्रभावित बनेका छन्  । नेपालमा पहिलो पटक १३ जनवरी २०२० मा देखिएको काेराेना भाइरस २०७७ बैशाख २१ गते सम्म अाइपुग्दा ७५ जनामा व्यक्तीमा संक्रमण देखियाे । संक्रमित मध्ये १६ जना निको भएर घर फर्किन सफल भएका छन् । श्राेतसाधनले अब्बल देशकाे तुलनामा कमजाेर देश नेपालमा यसरी संक्रमती व्यक्ति उपचार पश्चात निकाे भइ घर फर्कन सक्नु सम्पुर्ण नेपालीका लागि खुसी को कुरा पनि हो ।

यति ठूलो महामारीको बेला सरकार सञ्चालक नै कुर्सी तानातानकाे खेलमा फसिरहेकाे देख्दा कता कता नेपाली उखान को याद आउँछ "अरु लाई अरु धन्दा अनि घर ज्वाइँ लाई खाना को धन्दा " ।
संसार कोरोना सँग लडिरहेको बेला हाम्रो देश भने सत्ताकाे लुछाचुडीकाे खेलमा लडिरहेको छ भने  जनताहरु  समेत अनुशासित तवरले लकडाउनको पालना गरेका छैनन् । सरकारले त्यती ढिलाे नगरी लकडाउनकाे घाेषणा गरेता पनि वायुमार्गबाट साे भन्दा अगावै नै नेपालमा काेराेना प्रभावित विरामीहरू अाइ सक्नु र  लकडाउन घाेषणा पश्चात समेत खुल्ला सिमाकाे फाइदा उठाउदै छिमेकी देशबाट ठुलाे संख्यामा मानिसहरू भित्रिनुले  काठमाडौं, नेपालगञ्ज, धनगढी, सुर्खेत,  उदयपुर लगायत तराइका पूर्वी तथा पश्चिमी जिल्लाहरू अती जाेखिममा र जाेखिम सहित गाउँ फर्किएका व्यक्तिको कारण गाउँ समेत  उच्च जोखिम मा परेको छ ।

पास दिदा र प्राप्त सरकारी पासकाे समेत व्यापक दुरूपयाेग भएकाे पाइएकाे छ । पास अावश्यकता भएता पनी लकडाउनकाे चाही उलङ्घन भएको छ । लकडाउनको बेलामा समस्या परेकाहरुलाई यथास्थानमा राखी समस्याको समाधान गर्नुको सट्टा उल्टै दशैं तिहारको समयमा जस्तै मान्छेको ओसार पसार गर्नतिर स्थानिय सरकार र संस्थाहरू लागेका छन् । पंहुच भएकाहरूलाइ स्थानिय सरकार र विभिन्न संस्थाहरूले गाडीकाे लस्कर नै पठाएर अावश्यक स्थानमा पुर्याएका छन् भने अन्य पहुँच बिहिनहरू पैदलै धेरै दिनकाे यात्रा तय गरेकाे समाचारहरूमा पढ्न पाइन्छ ।   यसरी स्थानिय सरकार र जनताहरुबाट लकडाउनकाे उल्लंघन हुँदा काेराेना संक्रमणकाे त्रास गाउँघरतिर समेत हुन पुगेकाे छ । सरकारले जाेखिमकाे अाधारमा क्षेत्र बर्गिकरण गर्ने र साेही बमाेजिम अन्य रणनिति लागु गर्ने भनि रहेकाे छ । तर साे भन्दा अगावै नै चेक जाँच कार्यमा तिव्रता हाेस् ।   

विश्व स्वास्थ्य संगठनकाे मान्यता प्राप्त नगरेका आर. डी. टी. किटबाट गरिने परीक्षणकाे परिणाममा समेत व्यापक शंका गर्ने अवस्था रहेकाे छ । छिमेकी देश भारतकाे केही प्रान्तमा समेत याे पध्दतीलाइ खारेज गरिएकाे छ भने नेपालमा समेत विभिन्न राजनैतिक दलहरूले समेत याे पध्दती बाट परिक्षण नगर्न सरकारसंग माग गरिरहेका छन् ।  त्यसैले बढी भरपर्दाे पी. सी.आर. विधि बाट छिटो भन्दा छिटो सबै प्रदेशबाट काेराेना भाइरसकाे जाँच सर्वशुलभ र भरपर्दाे तरिकाले सुरु गर्न अत्यावश्यक देखिन्छ । सरकारबाट प्रभावकारी नीति लागुगर्न ढिलासुस्ती र नागरिकस्तरबाट यस्तै तरिकाकाे लापरवाही हुने हाे भने नेपाल पनि युरोपेली राष्ट्र जस्तै काेराेना भाइरसकाे हब नबन्ला भन्न सकिने अवस्था रहदैन । लकडाउनको मर्म lock inside and keep inside भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि बिहान बेलुकाको अनावश्यक भीड अनि दिउँसो को गोलोघेरा गरेर बसेको समूह देख्दा यो मन छटत्पटीएर आउँछ ।  

यदि  सरकारले जाँच तिब्र गतिमा बढाउन सक्दैन र नागरिक पनी अनुशासित नहुने हाे भने लकडाउनकाे अवधि मात्र थप्दैमा केही फाइदा हुने वाला छैन । कोरोना भाइरसको जोखिम हरेक गाउँ गाउँ मा बढिसकेको छ ।  लकडाउनको कारण व्यक्ति, समाज र राष्ट्रको क्षति एकातिर छदै छ भने अर्को तिर दक्षिण एशियामा कोरोना संक्रमण द्रुत गतीमा बढ्दो छ ।  हाम्रो जस्तो अल्प विकसित देशले शक्ती सम्पन्न राष्ट्रहरू अमेरिका तथा युरोपेली देशहरुमा जस्तै सङ्क्रमित देखिएको अवस्थामा स्तरिय उपचार गर्न कठिन हुने कुरामा त हामी सबैलाइ पुर्व जानकारी नै छ । कोरोना नामक भाइरसले खासगरी संक्रमित व्यक्तीकाे श्वास प्रश्वासमा समस्या श्रृजना गर्ने र साे काे उपचारकाे लागी अावश्यक मेडिकलजन्य सामंग्रीहरू जस्तै भेन्टिलेटर अादीकाे यथेस्ठरूपमा अावश्यकता पर्ने, तर विकसित देशहरूमा समेत अभाव रहेकाे र व्यवस्थापन गर्न हम्मे हम्मे परिरहेकाे अवस्थामा नेपालले अाैषधी र मेडिकलजन्य सामंग्रीहरूकाे सहज अापुर्ती तथा व्यवस्थापन गर्न सक्ने कुरामा ठुलाे चुनाैती देखिएकाे छ । 
एक व्यक्तीबाट देखीएकाे काेराेना नेपालमा पनी दाेश्राे चरणमा रहेकाे छ । र, कतै याे तेश्राे चरणमा पनी पुगि सकेकाे अाशंका गर्न सकिने यथेश्ट अाधारहरू भेटिन थालेका छन् । एकै दिनमा १६  जना सङ्क्रमित नेपालगञ्ज मा भेटिँदा भने जनता हरुको मुटुको गति बढेको छ ।  स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु दिनरात नभनी खटीरहेको बेला कुनै कुनै स्थानका जनताहरु भने विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमहरू संचालन गर्ने  वा सहभागी हुने तथा पिकनिक र भाेजभतेर गर्ने गरेकाे विभिन्न मिडियाबाट हामी सबैले जानकारी पाएकै छाैं । एक जनाकाे लापर्वाहीले गर्दा पुरै समाज नै सङ्क्रमित हुनु पर्ने अवस्था आउँछ ।  

त्यसैले काेराेना भाइरस नलाग्न र भाइरसकाे Transmission Chain ताेड्न निम्न कुराहरूमा ध्यान दिन अावश्यक देखिन्छ ः
  • खोक्दा हाछ्युँ गर्दा कुईनोले मुख छोप्ने,
  • केही कुरा को संपर्क मा आउँदा,  दिसा पिसाब गरिसकेपछि तथा खाना खानु भन्दा अगाडि साबुन पानीले  हात मिची मिची  राम्ररी धुने,
  • कम्तीमा पनि ३ फिट सामाजिक दूरी कायम गर्ने,
  • भिडभाड मा नजाने,
  • काचो खाने कुरा राम्ररी पखालेर खाने,
  • मासुजन्य खाने कुरा राम्ररी पकाएर मात्र खाने,
  • एउटै रुमाल प्रयोग नगर्ने,
  • फेश माक्सको प्रयोग गर्ने,
  • अँगालो नमार्ने तथा चुम्बन नगर्ने,
  • नमस्कार गर्ने, हात नमिलाउने,
  • सरसफाई सम्बन्धी ध्यान दिने,
  • पोषणयुक्त खानेकुराहरू खाने, रोगसँग लड्ने क्षमताको विकास गराउने,
  • विदेशबाट अथवा घरबाहिरबाट आएको ब्यक्तिको नजिक नजाने,
  • आफूलाई पनि कोरोना लक्षणहरु जस्तैः खोकी लागेमा , स्वास फेर्न गाह्रो भएमा, १००.४ डिग्री भन्दा बढी ज्वरो आएमा , राति पसिना छुटेमा र थकान महसुस भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्कर्मीको सल्लाह अनुसार जाने ।
हामी नेपालीहरुले लकडाउनको  पालना गर्याै र अरूलाई पनी गर्न लगायौ भने कयौं मानिसहरुको ज्यान जोखिम हुनबाट बच्नेछ । सरकारले कछुवाको गतिमा चेक जाँच गर्ने हो भने नेपालमा रोग, भोक अनि शोक परेको देख्न नसकिएला पनि भन्न सकिँदैन । त्यसैले सरकारबाट गर्न सक्ने व्यवस्था छिटो भन्दा छिटो होस् , सङ्क्रमित सँग सम्पर्कमा आएका व्यक्तिको चाडो जाँच होस् । लकडाउनमा  कडाइ होस्, अनि राेग र भोक ले कोही जनता हरू मर्न नपरोस् । जय हाेस् ।

म परिचारिका (कविता)

म परिचारिका (कविता)
-हिरामाया तामाड.
वि.एन.एस., दाेश्राे बर्ष
पाेखरा नर्सिड. क्याम्पस

सामाजिक बिकास मन्त्रालय, हेटाैडाले १६६ जना स्वास्थ्यकर्मिहरूकाे लागी अावेदन दिने समय थप्याे । फारम भर्न नछुटाअाैं ।

सामाजिक बिकास मन्त्रालय, हेटाैडा, बागमती प्रदेशले अ.न.मी. १६ जना,  स्टाफनर्स १६ जना, नर्सिड. अधिकृत ३ जना, कम्युनिटी नर्सिड. अधिकृत ३ जना सहीत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी गरी १६६ जनाकाे लागी बिज्ञापन खुलाएकाे र साे काे अवधी बैशाख १८ गते सकिएकाेमा काेराेना भाइरसकाे कारण देशमा बिद्यमान लकडाउनकाे कारण फारम भर्न कठिन पर्न गएकाले १९ गते देखी लागुहुने गरी १५ दिन फारम भर्न म्याद थप गरेकाे छ । फारम भर्दा तल राष्ट्रिय वाणिज्य बैंककाे तल दिइएकाे खातामा दरखास्त दस्तुर जम्मा गरी अनलाइन फारम भर्नु पर्नेछ । विस्तृ जानकारीकाे लागी तल राखिएका विवरणहरू हेर्नुहाेला । 

अन लाइन फारम भर्ने लिंक :
http://mosd.p3.gov.np/health/home.html

दरखास्त दिने तरिका 


फारम भर्दा ख्याल गर्नुपर्ने कुराहरू

म्याद थपकाे सूचना 



२०७६ चैत्र २८ गते प्रकाशित सूचना