Monday, September 23, 2019

स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षाकाे लागी स्वास्थ्य व्यवसायी परिषदकाे तयारी

nepaleseNurses.com 
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परिषद्मा दर्ता हुने स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा लिने निर्णय गरेको छ। 
परिषदका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा आइतबार बसेको बोर्ड बैठकले लाइसेन्स परीक्षा लिने निर्णय गरेको हो। 
लाइसेन्स परीक्षा सञ्चालनको विषयमा परिषद्ले मन्त्रालयमा पत्र समेत पठाइसकेको छ।
परिषदको ऐनको दफा ३३ अनुसार परिषद नियमावली २०५६ को नियम ७ मा स्वास्थ्यकर्मीको नाम दर्ताका लागि परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ। परिषदले सोही व्यवस्था अनुसार परीक्षा सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
परिषदले हाल स्वास्थ्यकर्मीलाई शैक्षिक प्रमाण पत्रका आधारमा दर्ता नम्बर दिँदै आइरहेको छ। परिषदमा दर्ता नभएका स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा काम गर्न पाउँदैनन्।
परिषदमा हालसम्म एक लाख ४० हजार ४ सय ६९ स्वास्थ्यकर्मी दर्ता भइसकेका छन्।
परिषदमा जनस्वास्थ्य, स्वास्थ्य शिक्षा, माइक्रोबायोलोजी, ल्याबरेटोरी, रेडियोग्राफी, लगायतका विषय पढेकालाई दर्ता गर्दै आइरहेको छ। 

सुर्खेत स्थित शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स (अस्पताल)ले नर्स लगायत स्वास्थकर्मीहरूकाे लागि विज्ञापन गर्याे ।

सुर्खेत स्थित शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स (अस्पताल)ले नर्स लगायत स्वास्थकर्मीहरूकाे लागि विज्ञापन गरेकाे छ । स्टाफनर्स, हे.अ., अ.न.मी., अ.हे.व. लगायत विभिन्न पदहरूमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूकाे माग गरि विज्ञापन गरेकाे छ  । उक्त पदहरूमा  २०७६ अाश्विन ९ गते सम्म अावेदन दिन सकिने छ भने १० गते अन्तर्वार्ता हुने अस्पताल प्रशासनले जनाएकाे छ । थप जानकारीकाे लागी ०८३ ५२५३१८, ९८५८०७८५०० मा सम्पर्क गर्न समेत सक्नुहुनेछ ।

बिद्यालय नर्स (प्रदेश नं. ३) काे परिक्षा केन्द्र

सामाजिक विकास मन्त्रालय, हेटाैडाले प्रदेश नं. ३  भित्रका सामुदायिक बिद्यालयहरूमा खटाउने गरी १०१ जना विद्यालय नर्सकाे विज्ञापन गरेकाे थियाे ।  स्विकृत कार्यक्रम अनुसार यही २०७६ अाश्विन ७ गते लिखित परिक्षा हुनेछ ।
विद्यालय नर्सकाे परिक्षा केन्द्र कहाँ पर्याे ? यहाँ राखिएकाे जानकारी हेराैं ।

नर्सिड. लाइसेन्स परिक्षा २०७६ कार्तिक ३० गते हुने ।

काठमाडौं – नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ८ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले  जनाएको छ ।

परीक्षामा स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले नामदर्ता परीक्षामा आवेदन दिन सक्नेछन् । दर्ता परीक्षामा उत्तीर्ण भएपछि मात्र स्वास्थ्य सेवाका लागि योग्य मानिन्छ ।
परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले exam.nnc.org.np मा गई आवेदन दिन सकिने, दुई घण्टा ३० अवधिको परीक्षा १५० वटा प्रश्न सोधिने काउन्सिलले सूचनामा जनाएको छ ।
यसअघि काउन्सिलले असार १८ गते नामदर्ता परीक्षाको नतिजा सार्वजानिक गरेको थियो । सो परीक्षामा नेपाल र भारतका २१४ कलेजबाट ती तह उत्तीर्ण गरेका विद्यार्थी सहभागी रहेका थिए । हालसम्म काउन्सिलमा ८९ हजार ७८७ नर्सले नाम दर्ता गरेका छन् ।

Sunday, May 13, 2018

२०७४ फाल्गुण २६ गते भएकाे Nursing Licencing Examination सम्बन्धी Retotalling सम्बन्धी सूचना ।


Nursing Licensing (Regd. Nurse) Examination सम्बन्धी सूचना ।

नेपाल नर्सिड. परिषद्ले Licensing Examination काे लागी सूचना निकालेकाे छ ।
फारम भर्ने समय यही २०७५ जेष्ठ १ गते देखी ३० गते सम्म ।
परिक्षा अाषाढ ९ गते ।

त्रि.वि. शिक्षण अस्पताल, महाराजगंज, काठमाडाैले स्टाफनर्स ४० जना, सहित अन्य प्राविधिकपदहरू (प्याथाेलाेजी, रेडियाेलाेजी)मा करार सेवामा कर्मचारी माग गरेकाे छ ।

त्रि.वि. शिक्षण अस्पतालले स्टाफनर्स ४० जना, सहित अन्य प्राविधिकपदहरू (प्याथाेलाेजी, रेडियाेलाेजी)मा करार सेवामा कर्मचारी माग गरेकाे छ ।
फारम भर्ने अन्तिम मिति २०७५ जेष्ठ २ गते सम्म मात्र ।