Monday, September 23, 2019

स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षाकाे लागी स्वास्थ्य व्यवसायी परिषदकाे तयारी

nepaleseNurses.com 
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परिषद्मा दर्ता हुने स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा लिने निर्णय गरेको छ। 
परिषदका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा आइतबार बसेको बोर्ड बैठकले लाइसेन्स परीक्षा लिने निर्णय गरेको हो। 
लाइसेन्स परीक्षा सञ्चालनको विषयमा परिषद्ले मन्त्रालयमा पत्र समेत पठाइसकेको छ।
परिषदको ऐनको दफा ३३ अनुसार परिषद नियमावली २०५६ को नियम ७ मा स्वास्थ्यकर्मीको नाम दर्ताका लागि परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ। परिषदले सोही व्यवस्था अनुसार परीक्षा सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
परिषदले हाल स्वास्थ्यकर्मीलाई शैक्षिक प्रमाण पत्रका आधारमा दर्ता नम्बर दिँदै आइरहेको छ। परिषदमा दर्ता नभएका स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा काम गर्न पाउँदैनन्।
परिषदमा हालसम्म एक लाख ४० हजार ४ सय ६९ स्वास्थ्यकर्मी दर्ता भइसकेका छन्।
परिषदमा जनस्वास्थ्य, स्वास्थ्य शिक्षा, माइक्रोबायोलोजी, ल्याबरेटोरी, रेडियोग्राफी, लगायतका विषय पढेकालाई दर्ता गर्दै आइरहेको छ। 

No comments:

Post a Comment