Tuesday, September 24, 2019

पुर्वाञ्चल विश्वविद्यालयले PBNS काे प्रवेश परिक्षाकाे रिजल्ट निकाल्याे

nepaleseNurses.com पुर्वाञ्चल विश्वविद्यालयले B.Sc.Nursing काे मिति २०७६।५।२९ गते लिएकाे प्रवेश परिक्षाकाे रिजल्ट निकालेकाे छ । उक्त रिजल्टकाे विस्तृत विवरण (नामावली सहित) यहाँ राखिएकाे लिंक https://nepaltimes.net/pu-entrance-exam-result-2076/  बाट हेर्न सक्नुहुनेछ ।

Monday, September 23, 2019

IOM (TU) ले BDS, BNS, BASLP, B. Perfusion Technology & B.Sc.MIT Entrance Examination काे रिजल्ट निकाल्याे

IOM (TU) ले   BDS, BNS, BASLP, B. Perfusion Technology & B.Sc.MIT Entrance Examination काे रिजल्ट निकाल्याे ।
थप विवरणकाे लागी यहाँ राखिएकाे लिंकमा जान सक्नुहुनेछ ।

https://drive.google.com/file/d/0Bx1hgj3yFXkuemxuNEpqRUxUVFI4XzdING5xNTdOREp1WWgw/view
https://drive.google.com/file/d/0Bx1hgj3yFXkuemxuNEpqRUxUVFI4XzdING5xNTdOREp1WWgw/view

पुर्वाञ्चल विश्वविद्यालयले B.Sc.Nursing काे प्रवेश परिक्षाकाे रिजल्ट निकाल्याे

पुर्वाञ्चल विश्वविद्यालयले B.Sc.Nursing काे मिति २०७६।५।३० गते लिएकाे प्रवेश परिक्षाकाे रिजल्ट निकालेकाे छ । उक्त रिजल्टकाे विस्तृत विवरण (नामावली सहित) यहाँ राखिएकाे लिंक https://nepaltimes.net/pu-entrance-exam-result-2076/  बाट हेर्न सक्नुहुनेछ ।


नर्स (कविता)

नर्स (कविता)

- हेम कुमारी पुन
  प्रविणता प्रमाण पत्र तह (नर्सिड.)
  गुणराज पाठक मेमाेरियल नर्सिड. क्याम्पस, बालुवाटार, काठमाडाै
 .....
हो हामी नर्स हो;जिम्मेवारी र कर्तव्य बोकेको नर्स हो😊
कुनै दिनको कल्पना गरौं ;जब हामी
दिउँसो भरी अस्पतालको कामको थकानले
घरमा आएर भात तरकारी पकाएर
के दुई गाँस मुखमा राखेका हुन्छौं😊
त्यतिबेला नै छिमेकी काकीको फोन आउँछ ;
नर्स नानी मेरि आमा सिकिस्त हुनुहुन्छ 😔छिट्टो आउन पर्यो
अनि हामी डौदिन्छौ
दौडा दौडको भिडमा अरु संग समय हुन्छ समय नभए व्यापार त हुन्छ?
समृद्धि र दौलत हुन्छ
हामी नर्स संग जीवन बचाउने दाइत्व हुन्छ।

जिउ धान्न नसकेको शरीर हुन्छ
Acidity ले भरिएको खाली पेट हुन्छ।
पढाइ ,लेखाइ शब्द रतानदिनभरिको कामको थकान्😔
खाना खाउ त गासैमा रोकिदिन्छ्न; निन्द्राहरु बिचैमा टोकिदिन्छन।
हो हामी नर्स हो जसलाइ दिनहुँ सामाजिक संजालमा अव्यवस्थित तरिकाले Troll र Jokes को सिकार बानाइन्छ।☹️
म भन्दिन कि सबै राम्रा हुन्छ्न भनेर तर सबै नराम्रा पनि हुदैनन् नि?तर पनि किन नर्सलाई छुच्ची र घमन्डीको नाम दिइन्छ।
नर्स जस्ले २४ सै घण्टा बिरामिको intake र output हेर्न बस्छ
जब आफ्नो I/O को अबस्था के हुन्छ?
अह हामी मन्दैनौ छोरी बिग्रे नर्स भन्ने कुरा
कसरी पट्याउनु बिग्रेको छोरिले मात्र नर्स पढ्छ्न भन्ने कुरा?
कोहि भन्छ्न कति राम्री 😊कोहि कति छुच्चि😡
के गर्नु हजुर सेवा नै धर्म रहेछ गर्नु नै छ सधै कुच्ची कुच्ची 😔
देख्नेलाई कति सजिलो लाग्दो हो तर उनिहरुलाई के थाहा?किताबी ज्ञान्भन्दा ठुला तनाबहरु😔
हामो चितिक्क परेको सेतो पोशाक र भ्रमक ओठले लुकाएका गहिरा भावहरु😌
नर्स मानबताको बाटो ,नाइटिङ्गेल हाम्रो भगवान :हामी उहाको अनुयायी
भन्नेले भनिरहन्छ आफ्नो पेशाको लागि खोज्नु छ न्याय।

पुर्वाञ्चल विश्वविद्यालयले BPH काे रिजल्ट निकाल्याे

पुर्वाञ्चल विश्वविद्यालयले २०७६ भाद्र ३० गते भएकेा BPH अध्ययनकाे लागी लिएकाे प्रवेश परिक्षाकाे रिजल्ट निकालेकाे छ । साे काे पुरा विवरण हेर्नकाे लागी http://puexam.edu.np/pics/newsevents/A%20Main%20Notice_9010.pdf मा गइ डाउनलाेड गर्न सक्नुहुनेछ ।

लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल , फेरी यस्ताे नहाेस् ।

nepaleseNurses.com
सञ्चार माध्यममा हालसालै लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल भएको समाचार आयो। यो समाचार पेसामा संलग्न नर्स, सुभचिन्तक एवं सेवाग्राहीका लागि तितोपन दिने किसिमको छ। नर्सिङ पेसालाई सुदृढ बनाउन बल लगाइरहेकाहरुको त रातको निद्रा नै खोसिदियो यो समाचारले। 
काउन्सिलको लाइसेन्स नपाउनु वा अनुत्तीर्ण हुनु भनेको ती नर्सहरु कुनै पनि संघ/संस्थामा नर्स भई सेवा दिन अर्को परीक्षा दिएर पास नभएसम्म अयोग्य ठहरिनु हो। 
समाचारमा मापदण्ड नपुगेका कलेजले नर्सिङलाई मागिखाने भाँडो बनाएको र आफ्नो अस्पताल नभएको वा जहाँ प्रयोगात्मक शिक्षाको निम्ति लगिन्छ, त्यहाँ बिरामीको चाप कम भएको समस्यालाई  चित्रण  गरिएको छ। समाचारले गुणस्तर कायम गर्न सिटिइभिटी, मन्त्रालय र काउन्सिलबीच समन्वय हुनुपर्ने भनाइ राखेको छ। समाचारमा दिइएको जनाकारीमा सहमति जनाउँदै केही अन्य जिम्मेवार पक्षका बारेमा केही उल्लेख गर्न चाहन्छु।
प्रथमतः नर्सिङ काउन्सिलले निरीक्षण गर्दा पूर्वजानकारी दिएर जाने कारणले कलेज र सम्बन्धित अस्पतालले आफ्नो कमजोरी देखिने छिद्रहरु टाल्ने मौका पाउँछन्। त्यसैले छड्के  जाँच गरी मापदण्ड नपुगेका शैक्षिक संस्थाहरुलाई पारदर्शी ढंगले कारबाही गर्नुपर्छ। 
नर्सिङ पेसालाई अत्यन्त हलुका ढंगले मूल्याङन गरी जो कोही पनि छात्राहरु पनि यो पेसाप्रति आकर्षित भएको देखिन्छ। तर पेसाको जटिलता हेर्दा अभिरुचि राख्दैमा नर्सिङ पढ्न र काम गर्न सकिन्छ भन्ने होइन।  
१८/१९  वर्षको उमेरमा जीवनको जटिल एवं संवदनशील क्षणमा काम गर्ने बुद्धि, विवेक, सिप र योग्यताको विकास गर्नु अत्यन्त चुनौती छ। नर्सिङ पेसालाई औषधि बाँड्ने, सुई लगाउने र ड्रेसिङ गर्ने दायरामा मात्र मूल्यांकन गरी पढ्न आउने र आइसकेपछि  कठिनाइपूर्ण अध्ययनका कारण तनावग्रस्त भएका विद्यार्थी प्रशस्तै भेट्न सकिन्छ। 
नर्स पढाउँदा विदेश पठाउन सजिलो हुने लहुरे वा डाक्टर ज्वाइँ पाइने आशामा मात्रै इच्छाविपरीत छोरीलाई नर्सिङ पढ्न कर लगाउने अभिभावक पनि यो नतिजाको जिम्मेवार  हुन्। अभिभावकको करमा वा विदेश जाने धुनमा गरिएको अध्ययन कस्तो गुणस्तरको हुन्छ, हामी अनुमान लगाउन सक्छौं। 
अनुत्तीर्ण ६५ प्रतिशतमध्ये सतप्रतिशतले विदेश जाने उद्देश्यले पढेकोले फेल भएको वा विदेश गएर काम गर्नु गलत भएको ठहर गर्न खोजेको होइन।  तर जुनसुकै उद्देश्यले पेशामा आए पनि सेवा भाव र दक्षता प्राप्तिको उद्देश्यलाई नर्स पेशामा आवद्धहरुले सपनामा पनि बिर्सन मिल्दैन। होइन भने नर्सिङ सेवामुखी पेशा हो भन्न डराउनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन।
(श्रेष्ठ महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत छिन्।)
साभार ः स्वास्थ्य खवर डट कमबाट 

स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षाकाे लागी स्वास्थ्य व्यवसायी परिषदकाे तयारी

nepaleseNurses.com 
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परिषद्मा दर्ता हुने स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा लिने निर्णय गरेको छ। 
परिषदका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा आइतबार बसेको बोर्ड बैठकले लाइसेन्स परीक्षा लिने निर्णय गरेको हो। 
लाइसेन्स परीक्षा सञ्चालनको विषयमा परिषद्ले मन्त्रालयमा पत्र समेत पठाइसकेको छ।
परिषदको ऐनको दफा ३३ अनुसार परिषद नियमावली २०५६ को नियम ७ मा स्वास्थ्यकर्मीको नाम दर्ताका लागि परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ। परिषदले सोही व्यवस्था अनुसार परीक्षा सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
परिषदले हाल स्वास्थ्यकर्मीलाई शैक्षिक प्रमाण पत्रका आधारमा दर्ता नम्बर दिँदै आइरहेको छ। परिषदमा दर्ता नभएका स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा काम गर्न पाउँदैनन्।
परिषदमा हालसम्म एक लाख ४० हजार ४ सय ६९ स्वास्थ्यकर्मी दर्ता भइसकेका छन्।
परिषदमा जनस्वास्थ्य, स्वास्थ्य शिक्षा, माइक्रोबायोलोजी, ल्याबरेटोरी, रेडियोग्राफी, लगायतका विषय पढेकालाई दर्ता गर्दै आइरहेको छ।